१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–१ पाङका ३२ वर्षीय सुरेन्द्र किसानलाई २०८२ जेठ २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय पर्वतमा दिएको उजुरीका आधारमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते प्रदेश अस्पतालमा गरिएको छ ।