सिमकोट गाउँपालिका–७ स्थित कैलाश माविमा अध्यानरत १३ वर्षीय हिक्मत सुनार र १५ वर्षीय बिरसिंह सुनारलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक हरिबहादुर शाहीविरुद्ध पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
विद्यालय जेठ २० र २१ गते दलित र गैरदलितका विद्यार्थी बिच झगडा भएको भन्दै विद्यालयका प्रधानाध्यापक मेजबहादुर बुढा लगायतका शिक्षकहरूले जेठ २२ गते झगडा नगर्ने भन्दै विद्यार्थीहरूबीच मिलापत्र गराएका थिए ।
पुनः सोही विषयलाई लिएर जेठ २३ गते विद्यालय बाहिर आरोपित शिक्षक शाहीका छोरा १४ वर्षीय दिपेन्द्र शाहीले आफूसँग माफि माग भन्दै कुटपिट गरेको र शिक्षक शाहीले पनि छोराको पक्ष लिँदै हामीलाई समातेर विद्यालय पोसाक समेत च्यात्नुका साथै तल्लो जात भनेर हेपेको र विद्यालय नआएपनि हुन्छ भनेको उनीहरूले आरोप लगाएका छन् ।
आरोपित शिक्षक शाहीले दलित शब्द र विद्यालय नआउ भन्ने शब्द आफूले नभनेको बताउनु भयो ।