INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार 

ग्रामथान गाउँपालिका-७ की ८९ वर्षीया ज्येष्ठ नागरिक तीलमाया खड्काको हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका-६ की ४० वर्षीया सीता ऋषिदेवलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

बौद्धिक अपाङ्गता हुनु भएकी ८९ वर्षीया तीलमाया खड्काको ०८२ जेठ २४ गते ग्रामथान गाउँपालिका ६ स्थित सुनसरी मोरङको सिञ्चाइ आयोजनाको नहरमा डुबाएर हत्या गरेको आरोपमा सीतालाई अनुसन्धानका लागि ०८२ जेठ २५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

वृद्धाले लगाएको कानमा लगाएका सुनका मुन्द्रीकै लागि सीताले तीलमायाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

वृद्धाले कानमा लगाएका सुनका मुन्द्री सीताले घरमा खाल्डो खनेर गाडेर राखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्णबहादुर खत्रीले बताउनु भयो ।

पीडित परिवारले आरोपित सीताविरुद्ध ०८२ जेठ २५ गते इलाका प्रहरी कार्यालय, वेलवारीमा किटानी उजुरी दिएको छ ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ २५ गते गरी सोही दिन पीडित परिवारले विराटनगर महानगरपालिका-८ स्थित सिंघिया खाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो