INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका-८ हात्तिसार मोतिपुरका ५५ वर्षीय वीर बहादुर मगरलाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई जेठ २२ गते आफ्नी छोरीसँग सुत्न साथि लगेकोमा बिहानको राती तीन बजेको समयमा बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिनु भयो । उक्त उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको डिएसपी राजकुमार राईले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ परीक्षण जेठ २२ गते चद्रनिगाहपुर अस्पतालमा भयो ।

अन्य

भिडियो