INSEC Online

📅 २०८३ जेष्ठ २१

बिरामीको चाप बढेसँगै वेड अभाव

जिल्ला अस्पतालमा बिरामीको चाप बढेसँगै बिरामीलाई राख्ने वेड अभाव भएको छ ।

जिल्ला अस्पतालमा ०८२ जेठको दोस्रो सातायता भाइरल ज्वरोका बिरामीको चाप बढेपछि वेड अभाव भएको हो ।

उपचारका लागि अस्पतालमा भाइरल ज्वरोलगायतका बिरामीको सङ्ख्या बढेपछि बेड अभाव भएपछि प्यासेज र हलमा राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्ला अस्पतालमा जटिल खालका बिरामी नआएपनि रूघाखोकी, भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी ऐनस लिम्बूले बताउनु भयो । पछिल्लो समय जिल्ला अस्पतालमा दैनिक ३ सय बढी बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी लिम्बूले बताउनु भयो ।

दैनिक ३ सय बढी बिरामी आउने गरेका कारण अस्पतालमा बिरामीको चाँप बढेको अस्पताल प्रशासनले जनाएको छ । जिल्ला अस्पतालमा एक सातामा १ हजार ८९ जना बिरामीले सेवा लिएका छन् ।

बिरामीको सङ्ख्या बढेपछि उपचार गर्ने बेड अपुग भएर प्यासेज र हलमा राख्नु पर्ने बाध्यता भएको सूचना अधिकारी लिम्बूले बताउनु भयो ।

बालबालिकाहरूमा पनि ज्वरोको समस्या बढी देखिएकोले केही समय औषधि सञ्चालन गरेर राख्नु पर्ने भएकाले बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।

बिरामी राख्नको लागि वेड अभाव भएपछि काठको बेञ्चहरुमा बिरामी राखेर उपचार सञ्चालन गरिएको छ ।

जिल्ला अस्पतालमा आर्थिक वर्ष ०८१-०८२ मा ५८ हजार १ सय ४० जना बिरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । यो वर्ष सुरूआतमा भाइरल ज्वरो, रुघाखोकी लगायतका बिरामीका कारण अस्पतालमा अत्यधिक चाप बढेको हो ।

भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्तासमस्या हुने चिकित्सकको भनाइ छ ।

जिल्ला अस्पतालमा १० ओटा स्थानीय तहसहित छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही स्वास्थ्य सेवा लिन अस्पताल आउने गरेका छन् ।

Photo 20250605 shangkhuwasabha

अन्य

भिडियो