INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको मुहान तथा पाइपमा क्षति पुगेपछि खानेपानीको समस्या

प्यूठान नगरपालिका-३ मा सडक निर्माण गर्दा खानेपानीको मुहान तथा पाइपमा क्षती पुग्दा प्यूठान नपा-  ३  सेपुङ्ग, मान्द्रेचौर र मट्याङ्ग पोखरा बस्तीका १ सय ५० घर धुरीमा एक महिनादेखि खानेपानीको समस्या भएको छ ।

प्यूठान नगरपालिका-३ को तिमेलेपाटामा मोटर बाटो निमार्णको क्रममा सोही ठाँउ भन्दा तलबाट प्यूठान नपा-३  मा सञ्चालन हुँदै आएको ढुङ्गे खानेपानी, राजु रुख खानेपानीको मुहान तथा पाइपमा क्षति पुग्दा खानेपानीको समस्या भएको ५५ वर्षीय ढुनीराम पुलामीले बताउनु भयो । क्षति पुगेको खानेपानी मुहान र पाइप मर्मत नहुँदा एक महिना भन्दा बढी समयसम्म प्यूठान नगरपालिका  तथा वडा कार्यालयबाट मर्मतमा चासो नदिनु र सो बस्तीहरुमा अन्य खानेपानीको स्रोत पनि नभएको र बस्तीदेखि करिव १ घण्टा टाढाको दुरीमा खानेपानीको मुल भएकोले खानेपानीको समस्या भएको  रिता गुरुङ्गले बताउनु भयो ।

खानेपानीको मुहान माथि मोटर बाटो निर्माण कार्य भइरहेको र निर्माण कार्य सम्पन्न भएपछि क्षति पुगेको खानेपानी मर्मत गरी खानेपानीको समस्यालाई समाधान गर्नको लागि जिल्ला खानेपानी डिभिजन कार्यालय प्यूठानलाई पाइप र प्राविधिक उपलव्ध गराउन अनुरोध गरेको प्यूठान नपा-३ का वडा अध्यक्ष तथा प्यूठान नगरपालिकाका प्रवत्ता सुमनराज श्रेष्ठले बताउनु भयो । जिल्ला खानेपानी डिभिजन कार्यालय प्यूठान र प्यूठान नगरपालिकाबाट पाइप उपल्ब्ध हुनासाथ खनेपानी सहज हुने श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो