INSEC Online

📅 २०८३ जेष्ठ २१

तिला गाउँपालिकाका दुई वडाध्यक्षमाथि आक्रमण

जुम्लाको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित बहादुर शाही ०८२ जेठ १८ गते सामूहिक आक्रमणमा परेर गम्भीर घाइते भएका छन्।

विकास निर्माण कार्यको अनुगमन सकेर फर्कने क्रममा उनीमाथि सोही गाउँपालिका–४ मा आक्रमण भएको हो। चक्कु प्रहारबाट घाइते भएका शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

पीडित शाहीले तीन जनाको नाममा जेठ १८ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर असिम हमालले बताउनु भयो । घटनामा संलग्न एक जनालाई जुम्ला बसपार्कबाट गिरफ्तार गरिएको र अन्य दुई जनाको खोजी जारी इन्स्पेक्टर हमाले बताउनु भयो ।

सोही घटनामा तिला गाउँपालिका–३ का वडाध्यक्ष धन बहादुर शाहीमाथि पनि आक्रमण भएको थियो। ढुङ्गा र मुक्काले प्रहार गरिए पनि उनले हेल्मेट लगाएको हुँदा चोटपटक लागेन ।

वडाध्यक्ष धन बहादुर शाहीले भने, “ममाथि ढुङ्गा र मुक्काले प्रहार भयो। तर हेल्मेट लगाएकोले चोटपटक लागेन। तर ललित बहादुर शाहीमाथि चक्कु प्रहार भएकाले उनको अवस्था गम्भीर छ। अहिले हामी दुवै अस्पतालमै उपचारमा छौं।”

अन्य

भिडियो