INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१५ का २५ वर्षीय मनिष पासवानलाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई जेठ १२ गते बलात्कार गरेको पीडित पक्षले बताउनु भयो । घरमा एक्लै भएको मौका छोपि आरोपितले बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय, पर्सामा उजुरी दिनुभयो ।

पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई जेठ १२ गते गिरफ्तार गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएर घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी किशोर लम्सालले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते नारायणी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो