नेपाल प्रेसका सिन्धुपाल्चोक सम्वाददाता सुरज खड्कालाई ०८२ जेठ १८ गते माओवादी निकट वाईसीएलका कार्यकर्ताले कुटपिट गरेका छन् ।
काठमाडौँको प्रज्ञा भवनमा आयोजित वाईसिएलको भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेको निहुँमा आफूमाथि खड्काले जानकारी दिनु भयो ।
प्रज्ञा भवनमा आयोजित वाईसीएलको कार्यक्रममा रिपोर्टिङका लागि पुगेको समयमा प्रचण्ड आउने क्रममा आफूले प्रश्न सोध्न खोजेको उहाँले बताउनुभयो।
‘उहाँ गाडीबाट झरेर हलभित्र पस्ने क्रममा मैले प्रश्न सोध्ने प्रयास गरेको थिएँ, तर प्रचण्डले फर्केर गाली गर्नुभयो’, उनले सुनाए, ‘यो प्रश्न सोध्ने टाइम हो ? भनेर प्रचण्डले गाली गरे लगत्तै वाइसीएल कार्यकर्ता आफूमाथि खनिए ।’ खड्काले भन्नु भयो ।
आफूलाई एउटा कोठाभित्र लगेर थुनेको सुरजको भनाइ छ । ‘करिब २०-२५ जना कार्यकर्ताले प्रज्ञा भवनको एउटा कोठाभित्र थुनेर कसैले टाउकोमा मुक्का हाने, कसैले ढाडमा लात्ति हान्ने गर्नुका साथै मोवाइल समेत खोसेको र मोवाइल फिर्ता नपाएको खड्काको बनाइ छ ।