INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-२ सन्नुवाका ६२ वर्षीय नागेश्वर विकलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १६ गते गरिएको छ ।

अन्य

भिडियो