INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-२ का ३५ वर्षीय विक्रम कुमार चौधरीलाई ०८२ जेठ १२ गते इलाका प्रहरी कार्यालय हरिपुरले गिरफ्तार गरेको छ ।

आरोपित चौधरीले पीडित महिलालाई ०८१ चैत २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा ०८२ जेठ ६ गते उजुरी दिनु भयो ।

आरोपित चौधरीलाई जेठ १२ गते गिरफ्तार गरी जेठ १३ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा जेठ ७ गते भयो ।

अन्य

भिडियो