१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका-१ का २२ वर्षीय रामप्रवेश पटेलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८२ जेठ १३ गते उजुरी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ वैशाख १७ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।
घटनापछि आरोपित पटेल फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा जेठ १४ गते भयो ।