जिल्ला अस्पतालमा आइरन चक्की र विशेषज्ञ सेवा सुविधा नहुँदा बिरामीलाई सास्ती भएको छ । अस्पतालमा विगत दुई हप्तादेखि आइरन चक्कीको अभाव हुँदा बिरामीहरूलाई सास्ती भएको हो ।
कर्णाली प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले औषधी आपुर्ति नगरेपछि जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव भएको छ । आइरन चक्की र गर्भ जाँच गर्न ५० शैयाको अत्याधुनिक भवनमा पुगेका गर्भवती महिला रितो हात फर्किने गरेका छन् ।
भेरी नगरपालिका-४ का स्थानीय राजन थापाले जाजरकोट अस्पतालमा आइरन चक्की, दिर्घरोगीले प्रयोग गर्ने औषधी नहुदाँ सास्ती पाउने गरेको बताउनु भयो । भेरी नगरपालिका-३ की सविन केसीले अस्पतालको लापर्वाहीका कारण गर्भको बच्चा, आफ्नो स्वास्थ्य चेक जाँच गर्न पुगेको बेला आइरन चक्की नपाउने भएपछि चिन्तित हुनु परेको उल्लेख गर्नुभयो ।
भेरी नगरपालिका-३ की गर्भवती निरमाया शाहीले पेट भित्रको बृद्धी हुँदै गएको भ्रुण र मस्तिष्क रक्तप्रणाली, मांसपेशीको विकास आमाको शरीरमा चाहिने रगत बढाउन गर्भवति महिलाले प्रयोग गर्ने आइरन चक्की अभाव भएपछि अस्पतालमा सेवा लिन पुगेपछि खाली हात फर्किनु परेको बताउनु भयो ।
आइरन चक्की नियमित सेवन नगरेका थकाई लाग्ने, कमजोर हुने, चक्कर लाग्ने रक्तअल्पता हुन्छकी भन्ने चिन्ताले सताउने गरेको स्थानीयले बताउने गरेका छन् । निःशुल्क वितरण गरिने आइरन चक्की अस्पताले खरिद गर्न नमिल्ने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जाजरकोट अस्पतालबाट वितरण हुने आइरन चक्की प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले ढिलाई गरेका कारण समस्या भएको हो । जाजरकोट अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले समयमा नपठाएपछि आइरन चक्की अभाव भएकाले भेरी नगरपालिकाबाट एक हजार ट्याब्लेट सापटि ल्याएको बताउनु भयो । पचास शैयाको अस्पताल भए पनि सेवा सुविधा नहुँदा औषधी उपचारका लागि सर्वसाधारण जिल्ला बाहिर जानु पर्ने बाध्यता छ । नेपालगञ्ज, सुर्खेत लगाएतका अस्पताल सरह सेवा दिन १५ शैयाबाट ५० शैयामा स्तरवृद्धी गरी अत्याधुनिक भवन निर्माण भएको लामो समय वित्दा समेत स्वास्थ्यकर्मीको लापर्वाही उपकरण तथा औषधीको व्यवस्थापन नहुँदा नागरिकले सास्ती पाउने गरेका छन् ।