सुन्दरहरैँचा नगरपालिका-९ दीपेन्द्र चोककी ३८ वर्षीया इन्दिरा अधिकारी खातुनमाथि कैंची प्रहार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति खुर्सित आलमलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले पत्नीमाथि ०८२ जेठ १४ गते कैंची प्रहार गरेको इलाका प्रहरी कार्यालय, वेलवारीका इन्स्पेक्टर कृष्णकुमार खत्रीले बताउनु भयो ।
कैचीँ प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेर घाइते हुनु भएकी पीडितको सुकुुना सामु्दायिक अस्पतालमा उपचार भइरहेको छ ।