INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका-१३ राधेमाईका २१ वर्षीय अफ्ताब अन्सारी र बहुदरमाई नगरपालिका-२ घर भइ हाल वीरगञ्ज महानगरपालिका-१३ बस्ने ४० वर्षीय नेक महमदविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पर्सामा जेठ ९ गते उजुरी दिनु भएको छ ।

आरोपितद्वयले पीडित बालिकालाई जेठ ९ गते अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको पीडित पक्षको भनाइ रहेको छ ।

घटनापश्चात आरोपितद्वय फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ९ गते नारायणी अस्पताल वीरगञ्जमा भयो ।

अन्य

भिडियो