INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका-२ का १५ देखि १७ वर्ष उमेर समूहका पाँच जना बालकलाई जेठ १३ गते गिरफ्तार गरेको छ।

पीडित बालिकालाई आरोपितहरूले ०८२ जेठ ११ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १३ गते गरिएको छ।

अन्य

भिडियो