INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा मुखियापट्टी मुसहर्निया गाउँपालिका-३ का २४ वर्षीय राजेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले जेठ १३ गते गिरफ्तार गरेको छ ।

जेठ १० गते दिउँसो घर नजिकैको पोखरीमा भाडा माझ्दै गरेकी पीडितलाई आरोपितले बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जेठ ११ गते उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

आरोपितलाई उनको घरबाट गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर सञ्जिवकुमार यादवले जानकारी दिनुभयो । साथै थप अनुसन्धान तथा आवश्यक परेको खण्डमा पीडितको स्वास्थ्य परीक्षण गराइने इन्स्पेक्टर यादवले बताउनु भयो ।

अन्य

भिडियो