INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-१ का २१ वर्षीय साेमकुमार तामाङलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ जेठ ८ गते प्रलाेभनमा पारेर  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि पाँचखपन नगरपालिका-१ बाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेक श्रेष्ठ बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ११ गते गरिएको छ ।

अन्य

भिडियो