INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपममा औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोलाई जेठ ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित महतोले ०८१ फागुन २७ गते बालिकालाई डर धम्कि देखाइ घर नजिकैको आँपको बगैचामा लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा चैत ६ गते उजुरी दिनुभएको थियो ।

डराएकी पीडित बालिकाले आफ्नो भाउजुलाई घटना बारे जानकारी गराएपछि बालिकाको बुवाले इन्सेक महोत्तरी प्रतिनिधिको पहलमा जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा उजुरी दिनु भएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा चैत ६ गते भयो ।

आरोपित महतोलाई लुकि छिपि रहेको अवस्थामा घरबाट गिरफ्तार गरेको इन्स्पेटर अशोक झाले जानकारी दिनु भयो ।

अन्य

भिडियो