१७ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई र चिचिला गाउँपालिका-३ का २८ वर्षीय प्रकाश राईलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकाहरुलाई आरोपितद्वयले ०८२ जेठ ७ गते प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि जेठ ९ गते घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेक श्रेष्ठ बताउनु भयो ।
पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ९ गते गरिएको छ ।