INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका अध्यक्षलाई अपरिचित व्यक्तिहरुद्वारा मोसो दलेर दुर्व्यवहार

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीलाई ०८२ जेठ ११ गते कम्युनिष्ट युवा संगठन नेपाल बताउने अपरिचित व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

कम्युनिष्ट युवा संगठन नेपाल बताउने व्यक्तिहरु चन्दा माग्ने उद्देश्यले बिहान कार्यालयमा आएको भए पनि कार्यालय भन्दा बाहिर गएको मौकामा आफूमाथि मोसो छ्यापेर दुर्व्यवहार गरेको अध्यक्ष चौधरीले बताउनु भयो ।

स्थानीय कम्युनिष्ट युवा संगठन नेपालमा अवद्ध केही परिचित व्यक्तिहरुले आफूमाथि मोसा छ्यापेर दुर्व्यवहार गरेको कारण उनीहरु विरुद्ध उजुरी दिने तयारी गरिरहेको र विज्ञप्ति जारी गरी घटनाको निन्दा समेत गरेको अध्यक्ष चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षबाट अहिलेसम्म कुनै किसिमको उजुरी नआए पनि सामाजिक सञ्जालमा अध्यक्ष चौधरीलाई दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएकोले घटनामा संलग्न व्यक्तिहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सिडएसपी राजकुमार सिंहले बताउनु भयो ।

statement0250525kailali

अन्य

भिडियो