१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २१ वर्षीय शङ्कर राजवंशीलाई जेठ ९ गते गिरफ्तार गरेको छ।
पीडित बालिकालाई आरोपितले ०८२ जेठ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा जेठ ९ गते गरिएको छ।