३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-३ नोकैल्वाका ३७ वर्षीय नागेन्द्र कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२ जेठ ८ गते गिरफ्तार गरेको छ ।
आरोपित यादवले पीडित महिलालाई
०८१ फागुन ६ गते घरमा एक्लै रहेकी पीडित महिलालाई आरोपित यादवले कुटपिट गर्नुका साथै बलात्कार प्रयास गरेको भन्दै चैत ११ गते पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।
आरोपित यादवलाई जेठ ८ गते गिरफ्तार गरी जेठ ९ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर बालिस्टर सिंहले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा चैत १२ गते भयो ।