INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ वैशाख २४ गते बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-६ खुटौनाका २३ वर्षीय रामछविला साहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ ७ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

पीडित बालिका घरमा एक्लै भएको मौका छोपि आरोपितले उनलाई धाक धम्की दिइ बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

घटनापछि आरोपित साह फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर बालिस्टर सिंहले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सर्लाही जिल्ला अस्पताल मलंगवामा जेठ ९ गते भयो ।

अन्य

भिडियो