INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहारबाट महिला घाइते

सहिदभूमि गाउँपालिका-७ साप्टिङटारकी २६ वर्षीया सुस्मा राई ४७ वर्षीय जेठाजु मिलन भनिने रामकुमार राईले जेठ ७ गते खुकुरी प्रहार गर्दा घाइते हुनु भएको छ।

घरायसी विवादका क्रममा जेठाजुले ०८२ जेठ ७ गते खुकुरी प्रहार गर्दा २६ वर्षीया बुहारी सुष्माको गर्दनमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो।

घाइते राईको धनकुटा नगरपालिका-९ मुलघाटस्थित मनकामना मेडिकलमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गरी फरार भएका आरोपित राईको खोजी भई रहेको प्रहरीले जनाएको छ।

अन्य

भिडियो