INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

कान्तिपुर टिभीका संवाददाता नगराईन नगरपालिका-३ निवासी ३२ वर्षीय अमरकान्त ठाकुर र मुलुक टाइम्स मासिक पत्रिकाका संवाददाता महोत्तरीको जलेश्वर नगरपालिका-७ का बद्रिनाथ झालाई जेठ ४ गते दुर्व्यवहार गरेको आरोपमा मुखियापट्टी मुसर्निया गाउँपालिकाका अध्यक्ष ४८ वर्षीय जयकुमार यादवविरुद्ध पीडितद्वयले जिल्ला प्रहरी कार्यालय धनुषामा जेठ ५ गते उजुरी दिनुभएको छ ।

स्थानीय राजनीतिक दलका प्रतिनिधि समक्ष समाचार सङ्कलन गर्न पुगेका पत्रकारहरूमाथि पालिका अध्यक्ष यादवले दुर्व्यवहार गरेको पीडितद्वयले बताउनु भयो ।

आफ्ना समर्थकहरूसँग कार्यकक्षमा बसिरहेका पालिका अध्यक्षसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई अनुमति बिना प्रवेश गरेको भन्दै दुर्व्यवहार र हातपात गरेको पीडित पत्रकारहरूले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी बरुणबहादुर सिंहले दुवै पक्षलाई बोलाई सत्य तथ्य बुझ्ने कार्य भइरहेको बताउनु भयो ।

अन्य

भिडियो