INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार  घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले आठराई गाँउपालिका-७ का ३७ वर्षीय जीवन सागर कन्दङ्वालाई जेठ ५ गते गिरफ्तार गरको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ जेठ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ४ गते गरिएको छ ।

अन्य

भिडियो