बङ्गलाचुली गाउँपालिका–७ का ६५ वर्षीय पुनाराम सुनारीको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया पत्नी सङ्गीता सुनारी मगरलाई गिरफ्तार गरेको छ ।
आपसी झगडाका क्रममा वैशाख ३० गते चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । घटना लगत्तै पुगेको प्रहरीले आरोपितलाई वैशाख ३० गते गिरफ्तार गरी अनुसन्धान थालेको शाहले बताउनु भयो ।
शवको पोष्टमार्टम वैशाख ३० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।