INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृहबाट तीन जना फरार

विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट तीन जना बालविज्याईँकर्ता फरार भएको सुधारगृह प्रशासनले जनाएको छ ।

उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालविज्याईँकर्ता वैशाख ३० गते फरार भएको सुधारगृह प्रमुख मिलन चौहानले बताउनु भयो ।

फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा कैद भुक्तान गर्दै थिए ।

झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएको प्रमुख चौहानले बताउनु भयो ।

सुधारगृहबाट फरार भएकाहरुको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले बताउनु भएको छ ।

अन्य

भिडियो