INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित मिर्चैया नगरपालिका-२ का ४० वर्षीय लालबाबु महासेठविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८२ वैशाख २६ गते उजुरी दिनुभएको छ ।

आरोपितले बालिकालाई ०८२ वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा कारबाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको बालिकाकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख २६ गते भयो ।

इलाका प्रहरी कार्यालय मिर्चैया डिएसपी राजेश पुरीले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।

अन्य

भिडियो