INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गणेशमान चारनाथ नगरपालिका-५ की २४ वर्षीया निर्मला देवी महतोलाई ०८२ वैशाख २० गते कुटपिट गरेको आरोपमा ५० वर्षीय ससुरा राम भजन महतो, ६५ वर्षीय ससुराको भाइ राम वृक्ष महतो, ३९ वर्षीय सासु सुमित्रा महतो, २४ वर्षीय देवर सन्तोष महतो, ३५ वर्षीय पति आनन्द महतोविरुद्ध वैशाख २२ गते इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएकी छिन् ।

पीडित महिलालाई स्वास्थ्य उपचारको लागि सोही ठाउँमा रहेका रिया क्लिनिक गोदारमा लगिएको थियो । पीडित महिलाको छाती र टाउकोमा गम्भीर चोट लागेको कारण डाक्टर विवेक शाहले उनको उपचारका लागि अन्त लग्न सुझाव दिएका थिए । तर आर्थिकु रुपले विपन्न र निसहाय पीडित महिला उपचारका लागि अन्त नगइ सोही अस्पतालमा दुखाई कम गर्ने औषधी सेवन गर्दै कष्टकर जीवन बिताइरहेको एक स्थानीयले बताए ।

पीडित महिलाको विवाह पाँच वर्ष अगाडि  आनन्द महतोसँग मागी विवाह भएको थियो । उनका अनुसार विवाहको एक वर्षपछि  पती आनन्द वैदेशिक रोजगारीका लागि कतार गए । त्यसपछि देवरले आफूसँग विवाह गर्न दबाब दिन थाले । प्रस्ताव अस्वीकार गर्दा देवरले आत्महत्या गर्ने धम्की दिएपछि जानकी मन्दिरमा गएर विवाह गरेको उनले सुनाइन् । विवाह गरेर पति सन्तोष महतोले सँगै वीरगञ्जमा लगेर राखेको पीडित महिलालाई सहयोग गर्ने स्थानीय धनिया महतोले बताए ।

केही दिनपछि इलाका प्रहरी कार्यालय ढल्केबरमा भएको छलफलबाट विवाहलाई मान्यता दिइएको पीडितले सुनाइन् । विवाहलाई मान्यता दिए पनि घर प्रवेशमा रोक लगाएपछि धनुषाको महेन्द्रनगरमा भाडाको घरमा बस्न थालेको उनको भनाइ छ । त्यसै क्रममा आफू गर्भवति भएपछि‘दिदीलाई भेट्न जान्छु’ भनि हिँडेका पती हालसम्म सम्पर्कमा आएनन् ।

उनले आफूलाई अलपत्र पारी पति वेपत्ता भएपछि सासु ससुराले उल्टै छोरालाई वेपत्ता बनाएको आरोप लगाएको बताइन् । खोजी गर्दै जाँदा एक वर्षपछि आफ्नै बुबासँग कतारमै रहेको भिडियो सामाजिक सञ्जालमा हेर्दा पीडित महिला चकित भएको बताइन् ।

पीडित महिलासँग उपचारको लागि पैसा नभएको कारणले गर्दा आफन्तको भरमा बाँचिरहेको र न्याय माग गर्दै प्रहरी चौकीमा उजुरी दिए तापनि हालसम्म कुनै चासो नलिएको दुखेसो पीडित महिलाले पोखिन् ।

अन्य

भिडियो