नेकपा माओवादी केन्द्र बङगलाचुली गाउँपालिका-२ का वडा सदस्य ४९ वर्षीय खिमबहादुर बुढाले आफूमाथि कुटपिट गर्नेलाई कार्वाहीको माग गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले उजुरी नै दर्ता नगरेको गुनासो गर्नुभएको छ ।
इन्सेक प्रतिनिधिलाई भेट गरी प्रहरीले वैशाख १९ गते उजुरी दर्ता गर्न नमानेको र दिनभरी कार्यालयमा बसेर फरकाइदिएको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले उजुरी नलिएको विषयमा आफूलाई जानकारी नभएको बताउनु भयो । प्रक्रिया पुर्याएर उजुरी लिने भन्दै शाहले यो विषयमा बुझ्ने बताउनु भयो ।
यसअघि वैशाख १७ गते नेपाली कांग्रेसका कार्यकर्ता बङगलाचुली गाउँपालिका-२ का ४५ वर्षीय जितबहादुर ठेडी मगरले राजनीतिक प्रतिशोध साधेर कुटपिट गर्दा दुवै आखामा र नाक तथा दातमा गहिरो चोट लागेको थियो । रक्तस्राव नरोकिएपछि एम्बुलेन्सबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा वैशाख १९ गते नै भर्ना गरिएको थियो । उपचारपछि पीडितलाई वैशाख १९ गते डिस्चार्ज गरिएको थियो ।