कन्काइ नगरपालिका-२ सुकेडाँडाकी ३४ वर्षीया पुजा हेमरमको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति कविराज हेमरमलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८२ वैशाख २८ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको उजुरी पीडित पक्षले प्रहरीलाई दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा वैशाख २८ गते गरिएको छ । सोही दिन पीडित पक्षले शव बुझी सद्गत गरेको छ ।