२४ र २६ वर्षीया महिलालाई रोजगारीको प्रलोभन देखाई भारत तर्फ लगिरहेको अवस्थामा धादिङ जिल्ला गल्छी गाउँपालिका-२ का २४ वर्षीय रोजन भुजेललाई जिल्ला प्रहरी कार्यालय पर्साले वैशाख २४ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयक, पर्साका डिएसपी किशोर लम्सालका अनुसार वैशाख २३ गते पीडित महिलाहरूलाई रोजगारी र राम्रो पैसाको प्रलोभनमा पारी भारत तर्फ लग्दै गरेको अवस्थामा गस्तिमा खटिएका प्रहरी टोलिले शङ्काका आधारमा आरोपित भुजेललाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा महिलाहरूलाई बेचबिखन प्रयास भएको पीडित महिलाहरूले प्रहरीलाई जनाएको डिएसपी लम्सालले बताउनु भयो ।
आरोपित भुजेललाई गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।