रास्कोट नगरपालिका–८ निवासी ज्वाला खबर अनलाइन पत्रिकामा कार्यरत ३२ वर्षीय पत्रकार कर्णबहादुर विश्वकर्मालाई समाचारको विषय लिएर रास्कोट नगरपालिका–१ का नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश सदस्य एवम् रास्कोट नगरपालिकाका नगर प्रमुख ४१ वर्षीय धर्मराज शाहीले वैशाख २७ गते फेसवुक म्यासेञ्जर मार्फत धम्की दिएको छ ।
आरोपित शाहीले पूर्व मुख्यमन्त्रीदेखि स्थानीय माओवादी कार्यकर्ताको कमिसन काण्डा, रास्कोटका विद्यालयमा मात्र लाखौँ अशुली शीर्षकमा समाचार अनलाइनमा प्रकाशन गरेको भन्दै फोनमार्फत हात काटिदिने, मारिदिने धम्की दिएको पीडित पीडित श्विकर्माको आरोप रहेको छ । मार्ने तथा हात काटिदिने धम्की दिएको भन्दै पीडित विश्वकर्माले आरोपितविरुद्ध वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।
घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिनु गलत भएको बताउँदै पीडितको उजुरीका आधारमा घटनामाथि अनुसन्धान गर्ने बताउनु भयो ।