INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नरहरिनाथ गाउँपालिका–२ का ३२ वर्षीया धना विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा रास्कोट नगरपालिका–७ का ४२ वर्षीय दानबहादुर रोकाया विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

आरोपितले विश्वकर्मालाई ०८२ वैशाख २४ गते सामाजिक सञ्जाल फेसवुक म्यासेञ्जरमा जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो । पीडितको उजुरी आएपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर रावतले बताउनु भयो ।

अन्य

भिडियो