INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी

कविलासी नगरपालिका-४ २० वर्षीय अनिल कुमार साह कानु र निजकी पत्नी मालती कहारमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका ४८ वर्षीय रामशिष साह कानु, उनकी पत्नी ४५ वर्षीया नैकी देवी साह कानु र छोरा २० वर्षीय अर्जुन साह कानुविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, मलंगवामा ०८२ वैशाख २५ गते उजुरी दिनु भएको छ ।

पीडित पक्षका अनुसार नातामा पर्ने आरोपित रामशिष साह कानुको घरमा वैशाख २३ गते कुल देवताको गोविन गोसाईको पुजाँमा हामीलाई आमन्त्रण गरिएको थियो । सोही क्रममा आरोपितहरुले तिमिले तल्लो जातको युवतीसँग विवाह गरेकोले पुजा सामाग्रिहरू तिमिले छुनु हुँदैन, छोए अपवित्र हुन्छ, छोइन्छ भनि जातीय छुवाछुत गर्दै अमानवीय व्यवहार गरेको पीडितले बताउनु भयो । त्यसैगरी, आरोपित रामशिष साह कानु र उनका छोरा अर्जुन साहले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको पीडितको भनाइ रहेको छ ।

पीडितको स्वास्थ्य उपचार जिल्ला अस्पताल, मलंगवामा वैशाख २५ गते गरिएको डा. संजिव कुमार सिंहले बताउनु भयो ।

उजुरी पश्चात आरोपितहरू फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय, मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

अन्य

भिडियो