४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित विष्णुपुर गाउँपालिका-१ का ६५ वर्षीय महन्थी यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८२ वैशाख २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०८२ वैशाख १२ गते बलात्कार प्रयास गरेको आरोपमा वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको पीडितले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख २२ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले आरोपितलाई गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको बताउनु भयो ।