१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित पिपरा गाउँपालिका-४ का ३१ वर्षीय किसुन चौधरीविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय, महोत्तरीले ०८२ वैशाख २५ गते दर्ता गरेको छ ।
आरोपित चौधरीले पीडित बालिकालाई ०८१ चैत्र ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा ०८२ वैशाख २४ गते उजुरी दिनुभएको थियो । इन्सेक महोत्तरी प्रतिनिधको पहलमा आरोपितविरुद्धको उजुरी प्रहरीले दर्ता गरेको पीडित पक्षले बताउनु भयो ।
पीडित पक्षले घटना बारे वैशाख २४ गते जानकारी पाए लगत्तै आरोपितलाई गाउँबाट गिरफ्तार गरेको इन्स्पेक्टर अशोक झाले जानकारी दिनु भयो ।
पीडितको स्वस्थ्य परीक्षण वैशाख २४ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।