प्यूठान नगरपालिकाले दिँदै आएको ‘ग’ वर्गको अपाङ्गता सामाजिक सुरक्षाको रकम आफूहरूले १० महिनासम्म नपाएको गुनासो गरेका छन् ।
नेपाल सरकारबाट दिँदै आएको क र ख वर्ग अपाङ्गता सामाजिक सुरक्षा रकम पालकिाले ज्येष्ठ नागरिक, एकल, लक्षित वर्गसँगै दिने गरेको र ग र घ वर्गको लाई १० महिना बित्दा समेत नदिएको प्यूठान नगरपालिका—३ की ग वर्ग १७ वर्षीया अनुशका खडकाले गुनासो गरनु भयो । पालिकाले पहिले तीन तीन महिनामा दिने अपाङ्गता सामाजिक सुरक्षा रकम यस पटक नआएको प्यूठान नगरपालिका—४ का घ वर्ग २१ वर्षीय राम प्रसाद पौडेलले बताउनु भयो ।
सङ्घबाट क र ख वर्गका अपाङ्गलाई सामाजिक सुरक्षाको रकम दिँदै आएको र प्यूठान नगरपालिकाले आफ्ना नगर भित्र रहेका ग र घ वर्गकालाई ग वर्गका लागि मासिक १ हजार रुपियाँ र घ वर्गकालाई मासिक ५ सय रुपियाँ दिने नीति बनाएर दिँदै आए पनि समयमै नदिँदा अपाङ्गता भएका नागरिकहरू निरास हुने गरेका छन् ।
समयमै प्रदान गनुपर्ने ग र घ वर्गका अपाङ्ग सामाजिक सुरक्षा रकम पालिकामा प्रविधिक कारणले समयमै जान नसकिरहेको अहिले खातामा पठाइको र केही नागरिकहरूले लिँदै आएको सामाजिक सुरक्षा रकम सफ्टवरमा नविकरण नहुँदा छुट्नु भएकोले नपाएको प्यूठान नगरपालिकाका प्रवत्ता तथा प्यूठान नगरपालिका—३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो । पालिकामा ६ जनाकोमा समस्या आएको र छिटै सुधार गरी रकम प्रदान गर्ने प्रवत्ता श्रेष्ठले बताउनु भयो ।