INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा कैद सजायको फैसला

१५ वर्षीया दलित बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखाल नगरपालिका–६, तीनपिप्लेस्थित जोरपाटी माध्यामिक विद्यालयका शिक्षक मच्छेनारायण श्रेष्ठलाई जिल्ला अदालतले ०८२ वैशाख २३ गते २४ दिन कैद, ४५ हजार जरिवाना र ५० हजार क्षतिपूर्ति ठहर्ने फैसला गरेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका मुख्य न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा भएको अन्तिम पेशीमा आंशिक दावी पुग्ने फैसला भएको हो ।

१५ वर्षीया दलित बालिकालाई बलात्कार गरेको भन्दै श्रेष्ठलाई प्रहरीले ०८० पुस ८ गते गिरफ्तार गरेको थियो ।

पीडित बालिकालाई कात्तिक ११ गते बनेपाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयका विद्यार्थीहरूले पुस ८ गते विद्यालय अगाडि प्रदर्शन गरेका थिए ।

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ०८० पुस २६ गते जिल्ला अदालतमा अभियोग दर्ता गरेकोमा श्रेष्ठ पुस २९ गते पुर्पक्षका लागि धुलिखेल कारागार पठाइएको थियो ।

फैसलाअनुसार घटना बाल यौन दुर्व्यवहारमा परिणत भएको छ ।

अन्य

भिडियो