हिन्दू सम्राट सेनाका केन्द्रीय सदस्य जनकपुरधाम उपमहानगरपालिका-७ की ३७ वर्षीया मञ्जुदेवी मण्डलले ४० वर्षीय पति जनमत पार्टीका धनुषा जिल्ला इन्स्चर्ज सुरेन्द्र कुमार मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ०८२ वैशाख २२ गते उजुरी दिनु भएको छ।
पीडित महिलाले आरोपितविरुद्ध जिल्ला अदालत धनुषामा २०८१ साउन १ गते घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता गराउनु भएको थियो । जिल्ला अदालतको ०८२ भदै २१ गते को आदेश अनुसार घरमा बसोबास गर्न नदिने, कुटपिट, गालिगलौज, धाक धम्कि दिई खान लगाउन नदिई शारीरिक, मानसिक, आर्थिक यातना वा कुनै किसिमको असभ्य व्यवहार नगर्नु नगराउनु तथा पीडितलाई मानव उचित व्यवहार गरी ईज्जत साथ निज बसि आएको घरमा सुरक्षित बस्न दिनु भनि घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ को दफा ६(१)क, ख, ङ बमोजि आरोपितका नाममा अन्तरिम आदेश गरी कार्यन्वनको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको र सोही अनुसार वैशाख २२ गते घरमा बस्न जादा आरोपित पतिले कुटपिट गरी घर निकाला गरेको पीडित महिलाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य उपचार वैशाख २२ गते प्रादेशिक अस्पताल जनकपुरधाम भयो ।
उक्त विषयमा जिल्ल प्रहरी कार्यालय धनुषाका डिएसपि बरुण बहादुर सिंहले आरोपितलाई वैशाख २४ गते हाजिर हुनको लागि जानकारी गराएको बताउनु भयो ।