INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका-१ का १९ वर्षीय बिबेक साहलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले ०८२ वैशाख २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बरियारपट्टी गाउँपालिका-१ का १९ वर्षीय बिबेक साह र सुरज साहले ०८२ वैशाख १४ गते बलात्कार गरेको आरेपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा वैशाख १५ गते उजुरी दिएको पीडित बालिकाको आमाले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा वैशाख १५ गते भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्रकुमार पासवानले आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको र अर्का आरोपित फरार रहेकोले खोज तलास गरिरहेको बताउनु भयो ।

अन्य

भिडियो