३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कौडेना गाउँपालिका-६ सक्रौलका ३५ वर्षीय रामजतन सहनीलाई ०८२ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।
आरोपित सहनीले पीडित महिलालाई ०८१ चैत ४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित सहनीविरुद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको थियो ।
आरोपित सहनीलाई ०८२ वैशाख १८ गते गिरफ्तार गरि वैशाख १९ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राई जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०८१ चैत २५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।