नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले ०८२ वैशाख १७ गते गिरफ्तार गरेको छ ।
नाउपाको पार्टी र जनमत पार्टी एकता घोषणा कार्यक्रमका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठान कमलादी पुगेका चैधरीलाई त्यहीँबाट गिरफ्तार गरेको थियो ।
जिल्ला प्रहरी परीसर काठमाडौँका एसपी अपिलराज बोहोराले चौधरीलाई सर्वोच्च अदालतको आदेश कार्यन्वयनार्थ गिरफ्तार गरी डिल्लिबजारस्थित कारागार पठाइएको जानकारी दिनु भयो ।
डिल्लिबजार कारगारका प्रशासन प्रमुख सुमन तामाङले चौधरीलाई सर्वोच्च अदालतको पूर्णपाठ नआई राष्ट्रपतिबाट कैद मिनाहा भएको हुँदा सो कैद मिनाह कार्यान्वयन नहुने भएकोले कैदमै राख्नु भनि अदालतको परिपत्र अनुसार कारागारमा राखिएको बताउनु दिनु भयो ।
२०७२ सालमा कैलालीको टीकापुरमा भएको घटनामा कसुरदार ठहर भई कारागार चलान भएका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर ०८० जेठ १५ गते थुना मुक्त हुनभएको थियो ।