INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारबाट एक जना कैदी फरार

राजविराज नगरपालिकास्थित कारागार कार्यालयबाट ०८२ वैशाख १४ गते राती एक जना कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी रकम बुझाउन नसकेर कैदी जीवन बिताइरहेका शम्भुनाथ नगरपालिका-११ का ३५ वर्षीय रामानन्द मण्डल वैशाख १४ गते राति कारागारबाट फरार भएका हुन् ।

वैशाख १४ गते राति हवाहुरी र चट्याङका कारण विद्युत अवरुद्ध भएको थियो । सोही मौका छोपेर मण्डल फरार भएको कारागार कार्यालय सप्तरीका प्रमुख मातृका प्रसाद दाहालले जानकारी दिनु भयो ।

घटना बारे वैशाख १५ गते बिहान जानकारी पाएसँगै डिउटीमा रहेका प्रहरी कर्मचारीहरू माथि आवश्यक अनुसन्धान शुरु गरी फरार भएका मण्डलको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो ।

मण्डलविरुद्ध काठमाडौं जिल्ला अदालतमा चोरीको मुद्दा दायर भएकोमा अदालतले १ लाख ४० हजार रुपियाँ घरौटी माग गरेको थियो । तर, मण्डलले साे रकम तिर्न नसक्दा मण्डल केन्द्रीय कारागार काठमाडौं चलान भएका थिए । ०८१ पुस ६ गते मण्डललाई केन्द्रीय कारागार काठमाडौंले राजविराजमा पठाएको कारागार कार्यालय प्रमुख दाहालले बताउनु भयो ।

अन्य

भिडियो