INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा १६ वर्षीय बालक, कावासोतीका २१ वर्षीय र २७ वर्षीयलाई ०८२ वैशाख ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरूले बालिकालाई वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको वैशाख ९ गते मध्यविन्दु प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रहरीले आरोपितहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी नायव उपरीक्षक मधु नेपालले बताउनु भयो ।

अन्य

भिडियो