INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

अमरगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष केवी ताम्राकारलाई कुटपिट गरेका आरोपमा प्रहरीले सोही ठाउँका सुरेश खड्कालाई ०८२ वैशाख १३ गते गिरफ्तार गरेको छ ।

अमरगढी नगरपालिका वडा नम्बर ७ पोखराबाट वैशाख ११ गते घर फर्किरहको अवस्थामा आरोपित सुरेश खडकका र उनका छोरा  सन्देश खड्काले भजनपुरस्थित वडा कार्यालय नजिकै कुटपिट गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

Photos20250428dadeldhura (6)

आफूमाथि कुटपिट गरिएको भन्दै वडाध्यक्ष ताम्राकारले वैशाख १२ गते र आरोपित खडका पक्षले पनि सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।

घटनाको अध्ययन गर्दा वडाध्यक्षलाई कुटपिट गरी घाइते बनाएको पाइएकोले घटनाका आरोपित सुरेशलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको र सन्देश खड्काको खोजीकार्य भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

कुटपिटबाट शरीरिरको बिभिन्न भागमा चोट लागि घाइते भएका वडाध्यक्षको उपचारका लागि काठमाडौँ लगिएको वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले बताउनु भयो ।

Photos20250428dadeldhura (5)

नागरिकको सेवामा खटिएका वडाध्यक्ष ताम्राकारलाई गुण्डागर्दी शैलीमा आक्रमण गरी घाइते बनाउने घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको मागराखि अमरगढी नगरपालिकाले वैशाख १२ गते प्रेश विज्ञप्ति समेत जारी गरेको छ ।

Photos20250428dadeldhura (2)

 

अन्य

भिडियो