१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई ०८२ बैशाख ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपित बालकले ०८२ वैशाख ९ गते पीडित घरबाट केही तल पुर्याई यौन दुर्व्यवहार गरेको पीडितको परिवारको आरोप छ ।
पीडितको तर्फबाट पीडितकी आमाले ०८२ वैशाख १० गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले बताउनुभयो ।
पीडित बालिकाको ०८२ वैशाख १० गते नवलपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो ।