खाँदबारी नगरपालिका-९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेका ज्येष्ठ नागरिक कुमाललकोे ०८२ वैशाख १३ गते मध्य राति अज्ञात पक्षले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घाँटी थिचेर हत्या गरिएको जस्तो देखिएपनि के कति कारणले हत्या गरिएको हो, सो खुल्न बाँकी रहेको डिएसपी बस्नेतले बताउनु भयो ।
अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएको छ ।
घटनामा संलग्नहरुको खोजी थालिएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा वैशाख १५ गते गर्ने तयारी गरिएको छ ।